१३औं साग : पुरुष क्रिकेटमा नेपालले जित्यो काश्य पदक

१३औं साग : पुरुष क्रिकेटमा नेपालले जित्यो काश्य पदक

२३ मंसिर, काठमाडौं ।
माल्दिभ्सलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो ।

माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे । नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए । नेपालले यसअघि फाईनल खेलका लागि बंगलादेशसँगको खेलमा पराजित भएसँगै कास्यका लागि माल्दिभ्ससँग खेल्नुपरेको हो । स्वर्ण पदकका लागि भने बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.