२३ मंसिर, पोखरा ।
नेपाली महिला फुटबलर निरु थापाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास घोषणा गरेकी छन् । सोमबार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को फाइनल पश्चात उनले सन्यास घोषणा गरेकी हुन् । त्यस्तै नेपाली महिला फुटबल टिमकी सदस्य मनमाया लिम्बुले पनि सन्यास घोषणा गरेकी छन् ।
सोमबार भारतविरुद्धको खेल २–० ले गुमाउँदै नेपाल साग फुटबलको उपविजेता बनेको छ । हारपछि हारको जिम्मा आफुले लिने बताउँदै प्रशिक्षक हरि खड्काले पनि राजीनमाको घोषणा गरेका छन् ।