२३ मंसिर, काठमाडौँ ।
भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको बिरोधमा नेपाल बिद्यार्थी संघले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । काठमाडौँको बसन्तपुर डबलीमा नेविसंघका बिद्यार्थीहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् ।
‘चिनौ सीमा, जोगाऔं माटो’ अभियान संचालन गरेको भन्दै बिद्यार्थी नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् । काठमाडौंको बसन्तपुरमा विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै उनले नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए । कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन पनि गरेका थिए ।