मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि १५ दिन दैनिक चार घण्टा बन्द हुने

मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि १५ दिन दैनिक चार घण्टा बन्द हुने

२५ मंसिर, काठमाडौं । मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दुई हप्तासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेको हुँदा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागेको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ । त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ ।

मालवाहक सवारीसाधनको हकमा भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिनेछ ।

उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ । आयोजनाले पहिरो रोकथामको काम गर्नका लागि सुरक्षाको दृष्टिकोणले सवारीसाधन रोक्नुपर्ने बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.