२६ मंसिर, सुनसरी ।
सुनसरीको बर्जुदेखि भमरी बजारसम्मको १३ दशमलव २ किलोमिटर सडक कालेपत्रे हुने भएको छ । बर्जु गाउँपालिका–४ बर्जु प्रहरी चौकीदेखि छिटाहा हुँदै भमरी बजारसम्मको बाटोको कालोपत्रे शिलन्यास गरिएको हो ।
प्रदेश सरकारको पुर्वाधार विकास कार्यालयले निर्माण गर्न लागेको १३ दशमलव २ किमी सडक कालोपत्रेको बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिलन्यास गरेका छन् । शिलन्यासका क्रममा मन्त्री आङ्बोले सडक निर्माण पछि स्थानीयलाई सहज हुने बताए । ३३ करोड लागतमा बन्ने सो सडकको २ वर्षभित्रमा निमार्ण सम्पन्न गर्ने योजना रहेको छ ।
सडक कालोपत्रे भएपछि आवतजावत गर्न सहज हुने स्थानीयले विश्वास लिएका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु यादवले सो सडकलाई योजनामा पार्नका लागि पहल गर्दै आएका थिए ।