मोटर कारखाना स्थापना गर्न कोरियाली कम्पनीसँग सम्झौता

मोटर कारखाना स्थापना गर्न कोरियाली कम्पनीसँग सम्झौता

२६ मंसिर, काठमाडौँ ।
सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्न कोरियाली लगानीकर्ता र लगानी बोर्ड नेपालबीच परियोजना लगानीसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित कोरियाको मोर्टरेक्स कम्पनी र बोर्डबीच विभिन्न चरणका वार्ता तथा छलफलपछि एक तहको सम्झौता भएको बोर्डले जनाएको छ ।

रुपन्देहीको मोतीपुरमा स्थापना गर्न लागिएको सो परियोजनाको १० अर्ब ५४ करोड (१० करोड ५० लाख अमेरिकी डलर) लागत अनुमान गरिएको छ भने परियोजनाका लागि लगानी बोर्डले लगानी स्वीकृति दिइसकेको छ ।

यसले सवारी उद्योगमा विदेशी लगानी आकर्षित गर्ने विषयमा पहिलो तहको समझदारी जुटेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । यो सम्झौतापछि नेपाल र कोरियाका लगानी बोर्डले उद्योग स्थापनाका लागि निर्णय गर्नुपर्ने हुन्छ । दुवै देशका लगानी बोर्डको स्वीकृतिपछि नेपालमा कम्पनी तथा उद्योग दर्ताको प्रक्रिया सुरु हुने छ । उद्योगमा शतप्रतिशत प्रत्यक्ष वैदेशिक लगानी हुने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.