पोखरा प्रिमियर लिगका लागि काठमाडौं गोल्डेन्सले भित्र्यायो तीन भारतीय खेलाडी

पोखरा प्रिमियर लिगका लागि काठमाडौं गोल्डेन्सले भित्र्यायो तीन भारतीय खेलाडी

२६ मंसिर, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणका लागि काठमाडौं गोल्डेन्सले तीन जना भारतीय खेलाडी भित्र्याएको छ ।

नेपाली क्रिकेटमा चिरपरिचित नामलाई नै काठमाण्डौ गोल्डेन्सले टिममा ल्याएको हो । जसमा गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी छन् । यी तीन खेलाडीले यसअघि पनि पीपीएल खेलिसकेका छन् ।

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्र्सबाट खेलेका जयकिशन र गौरव पीपीएलमा पनि ज्ञानेन्द्रकै कप्तानीमा खेल्ने भएका छन् ।

सुवोध दिल्लीबाट रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । उनले दोस्रो संस्करणको डीपीएलमा काठमाण्डौबाट नै खेलेका थिए । जसमा उनले १ सय १६ रन बनाउनुका साथै ८ विकेट पनि लिएका थिए ।

काठमाडौंले यही मंसिर २८ मा पोखरा पल्टनसँग खेल्दै पीपीएलको सुरुवात गर्नेछ । प्रतियोगिता पुष १२ गतेसम्म चल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.