२७ मंसिर, काठमाडौँ ।
शुक्रबार मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ ।
कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जना गम्भिर र २० जनाको अवस्था सामान्य छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो। उनका अनुसार २० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।