नेताहरु नभ्याउँदा नेकपाको बैठक स्थगित

नेताहरु नभ्याउँदा नेकपाको बैठक स्थगित

२७ मंसिर, काठमाडौँ ।
सत्तारुढ दल नेकपा सचिवालयको शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो । यही मंसिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मंसिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.