२७ मंसिर, धनगढी ।
शुक्रबार बिहानैदेखि वर्षासँगै आएको हावाहुरीका कारण सुदूरपश्चिम महोत्सव एक दिनका लागि स्थगित गरिएको छ ।
धनगढीमा मंसिर २२ गतेदेखि जारी सुदूरपश्चिम महोत्सवका सम्पूर्ण कार्यक्रम एक दिनका लागि स्थगीत गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले आज विज्ञप्ती जारी गरि जानकारी गराएको छ ।
हुरी र पानीका कारण महोत्सवका कार्यक्रम सञ्चालन गर्न समस्या भएकोले एक दिनका लागि सबै कार्यक्रम स्थगीत गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हुरी र पानीले महोत्सवका स्टल, स्टेज लगायतमा क्षति पु¥याएको छ ।