२८ मंसिर, सोलुखुम्बु ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ३ दाम्कु भन्ने स्थानमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ ।
गत २५ गते स्थानीय कर्णबहादुर कार्कीको बिबाह घरमा गएका सोही गाउँपालिका २ बस्ने १८ वर्षका पबिधन राईलाई सोही गाउँपालिका ३ बस्ने २७ वर्षीय डाकमान कार्कीसहित अन्य १०,१२ जनाको समूहले बादबिबाद गरी कुटपिट गर्दा घाईते भएका राईको उपचारको क्रममा मृत्यु भएको हो ।
पबिधन राईलाई उपचारको लागि के एम सि अस्पताल सिनामंगल काठमाण्डै लगिकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कुटपिटमा संलग्न डाकमान कार्कीलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अन्यको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।