सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट

२८ मंसिर, लहान ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । विष्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन ।

राति ११ बजेतिर गराएको बम विस्फोटबाट कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.