धनुषा बम विस्फोट : विप्लव समूहका तीन जना प्रहरी नियन्त्रणमा

धनुषा बम विस्फोट :  विप्लव समूहका तीन जना प्रहरी नियन्त्रणमा

२८ मंसिर, धनुषा ।
प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित राजेश साहको घरमा गएराति विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.