बोलेरो दुर्घटना हुँदा खोटाङमा १ जनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा खोटाङमा १ जनाको मृत्यु

२८ मंसिर, खोटाङ ।

खोटाङको रावाबेशि गाउपालिका–४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा १ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाऊपालिका–४ गुहेले बस्ने बर्ष ४० को रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

शनिबार दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरी चौकी डुम्रेधारापानिबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका–११ बस्ने बर्ष २६ को राम बहादुर कुवर गम्भिर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाएको थियो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोली पुगेर आवश्यक कानूनी प्रकृया गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.