चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल खडा

चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल खडा

२८ मंसिर, काठमाडौँ ।
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल खडा भएको छ । शनिवार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ ।

शनिवार प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा लोचन कार्कीले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समुहबाट पुष्प मणि खरालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्मको समय दिइएको थियो । अध्यक्ष संगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ ।

महासचिवमा डा बद्री रिजाल, डा अजयकुमार मिश्र, डा दिपेन्द्र पाण्डे र डा मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका छन् । केन्द्रिय कायएकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष तथा सदस्यमा ३१ जनाले मनोनयन पत्र दर्ता गराएको नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य डा विश्व राज दवाडीले जानकारी दिए ।

नेपाल चिकित्सक संघको निर्वाचन चरणबद्ध रुपमा माघ ४ र ५ गते जिल्लाहरुमा १७ देखि २१ गतेसम्म केन्द्र हुने कार्यतालिका रहेको निर्वाचन अधिकृत डा युबिन यादवले जानकारी दिए । निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.