सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको काम भएनः मेयर शाक्य

सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको काम भएनः मेयर शाक्य

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताएका छन् ।

२५ औं महानगर दिवसका अवशरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताएका हुन् ।

विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पूर्ननिर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको उनले बताए । मेयर शाक्यले आफुले निर्वाचनका समयमा जाहेर गरेका प्रतिवद्धता सबै नभएपनि धेरै काम भएको बताए । उनले केही काम गर्न पनि बाँकी रहेको र त्यो बेला भनेका बाहेक थप काम पनि भएको बताए ।

२५ औं महानगर दिवसका अवशरमा सडकमानव मुक्त अभियानको घोषणा गरिएको छ ।महानगर स्थापना भएको दिनको सम्झनामा भएको कार्यक्रममा सडकमानव मुक्त अभियानको घोषणा गरिएको हो ।

उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताए । अबको स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्रै सिमित भएर विकास सम्भव नभएको भन्दै उनले स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको सहभागिता महत्वपूर्ण रहने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.