२९ मंसिर, काठमाडौं ।
एक वर्षपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले आइतबार पाँचवटा कार्यसूची पारित गर्दै ती विषयमा निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक सोमबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर राजनीतिक प्रतिवेदन पेस गर्ने, नेपाल भारत सीमाबारे छलफल गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, विधान संशोधन गर्ने र विविध गरी पाँचवटा कार्यसूची पारित गरेको हो ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अर्को बैठकमा उनी उपस्थित हुने अपेक्षासमेत गरेको छ । बैठकमा सरकारका गतिविधिबारे पनि कुराकानी भएको नेताहरुले बताएका छन् ।