रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई

३० मंसिर, काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ। भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो।

उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई  उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो।

निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । भट्टराई करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरेका थिए । कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा भट्टराईले काम गरेका थिए ।

उनले ‘आफ्नो मान्छे, देवर बाबु, पाहुना,सो सिम्पल, कर्मयोद्धा, छोडी गए पाप लाग्ला, यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.