पीपीएलः विराटनगर टाइटन्स एक्सपर्ट धनगढीसंग ५ रनले पराजित

पीपीएलः विराटनगर टाइटन्स एक्सपर्ट धनगढीसंग ५ रनले पराजित

३० मंसिर, कास्की । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए ।

त्यस्तै श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा सात, अमित यादव तीन र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए । सौरभ खनालले १२ रन जोडे ।

बलिङतर्फ विराटनगरका लागि साहब आलमले तीन तथा नोमान खानले दुई विकेट लिए । १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएर मैदानमा उत्रिएको विराटनगर निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमा सीमित भयो । विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए । त्यस्तै सुनिल धमलाले १८ तथा पुनित मेहराले १५ रन जोडे ।

बलिङतर्फ धनगढीका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राखेर १९ रन दिँदै ३ विकेट हात पारे । त्यस्तै सागर ढकालले १ विकेट लिए ।

त्यस्तै आजकै दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्स वारियर्स र बुटवल ब्लास्टर्स खेलिरहेका छन् । बुटवलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.