३० मंसिर, ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११स्थित पाथिभरादेवी मन्दिर परिसरबाट हिमपातमा फसेका ११ जनाको उद्दार गरिएको छ । हिमपातपछि फसेका ७ जना भारतीय नागरिक र ४ जना नेपाली नागरिकको प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म र्पुयाएको छ ।
गत २८ गते बिहान मन्दिर परिसरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउँ हटाई उद्दार गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने रमेश कार्की , तारा कार्की, हनमोल कार्की , सुबाश थापा सहित भारतको सिक्किम मनिपुर घर भएका ग्याल्जेन भोटे समेत ७ जना गरी ११ जनालाई सोही दिन अपरान्ह ४ बजे उद्दार गरी गन्तब्यस्थलसम्म र्पुयाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।