१ पुस, खोटाङ ।
खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा बिधुत सर्टभई अचानक आगलागीबाट हुँदा ठुलो धनमालको क्षती भएको छ । मंगलबार बिहानको राती साढे १ बजेको समयमा बिधुत सर्ट भई अचानक आगलागी हुँदा मनिकलाल प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।
साथै सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयलको पुस्तक पसलमा रहेको स्टेशनरीका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई मोबाईल पसल गर्ने सोही गाउँपालिका–६ कात्तिके बस्ने रमेश राईको मोबाईल पसलमा भएको १८ लाख बराबरको सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा ६३ लाख बराबरको क्षती भएको छ ।
ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले स्थानीयबासीहरुको सहयोगमा बिहान ३ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।