विद्या भट्टराईले आज सांसदको सपथ लिने

विद्या भट्टराईले आज सांसदको सपथ लिने

१ पुस, काठमाडौं ।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई दिउँसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाम्फेले शपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ ।

कास्की क्षेत्रनम्बर २ का तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्यमा १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई निर्वाचित भएकी थिइन् ।

रवीन्द्र पत्निी विद्याले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.