नेपाल एयरलाइन्स बन्यो मोस्ट पपुलर एयरलाइन्स

नेपाल एयरलाइन्स बन्यो मोस्ट पपुलर एयरलाइन्स

१ पौष, काठमाडौं । राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ ।

एयरलाइन्स कृटिज एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड नेपाल वायुसेवा निगमलाई प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समिक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टिपिएस ग्रोबरले जानकारी दिए ।

त्यस्तै विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्यका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको उनले बताए ।

त्यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ । एसोसिएसनले विगत चार वर्षदेखि एयरलाइन्सहरुको समिक्षा गरी उक्त अवार्ड प्रदान गर्दै आएको छ । यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेको ग्रोबरले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.