एन प्याब्सनको खेलकुद सप्ताह काठमाडौमा सुरु

एन प्याब्सनको खेलकुद सप्ताह काठमाडौमा सुरु

१ पुुस, काठमाडौं ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौंले ‘खेलकुद सप्ताह २०७६’ आयोजना गरेको छ ।

सोमबारदेखि काठमाडौंको टुडिखेलमा सुरु भएको खेलकुद सप्ताहमा विभिन्न ३४ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । नेशनल प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अंगको रुपमा लिइएकोले नेशनल प्याब्सनले लामो समयदेखि हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले खेलका हरेक विधामा विद्यार्थीहरुले आफ्नो रुचि अनुसार सहभागिता जनाउन सक्ने र त्यसमा नेशनल प्याब्सनको सहयोग सँधै रहने समेत उनले बताए ।

उनले खेलकुद बिना अवको शिक्षा पूर्ण नहुने भन्दै त्यसका लागि नेशनल प्याब्सनले खेलकुद सप्ताह अयोजना गरेको बताए ।  ‘खेलुकद सप्ताह २०७६’ एक साता सम्म सञ्चालन हुने एन प्याब्सनले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.