१ पुस, काठमाडौँ ।
दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ । नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियान्ता राजानन्द माण्डव्यले बताए ।
राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र छ भनिएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा यसको प्रयोग बढिरहेको उनले बताए । उनले गाडीमा प्रयोग भएको झण्डा च्यातिएको अवस्थामा छ भने तिनै झण्डा फहराएर हिँडेको बताए । झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा नभई यो राष्ट्रको पहिचान भएको उनले बताए ।

राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको प्रयोग बढेको भन्दै उनले असन्तुष्टि समेत जनाए । झण्डामा प्रयोग भएको चन्द्र, सूर्यको महत्व कसैलाई थाहा छैन् । ५ वटा कुनाको भ्यालु के हो त्यो पनि कसैर्लाइ थाहा नभएको उनले बताए । झण्डा बोक्नु ठूलो कुरा नभएको बताउदै माण्डव्यले यसको मान, सम्मान र आचारसंहित बुझ्नु जरुरी रहेको बताए ।
सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।
