अमेरिकी अनुदानका दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण

अमेरिकी अनुदानका दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण

२ पुस, काठमाडौं ।
अमेरिकाले उपलब्ध गराएको दुई थान एम २८ स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको छ । काठमाडौंमा एक समारोहकाबीच नेपालस्थित अमेरिकी दूतावासले छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमतासहितको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको हो ।

यो नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७० वर्षमा अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान हो । दुबै स्काइट्रकको मूल्य एक करोड ५० लाख अमेरिकी डलर रहेको दूतबासाले जनाएको छ ।

प्रकृति प्रकोपको बेला राहत तथा उद्धार कार्यमा स्काइट्रक सहयोगी बन्ने उसले विश्वास लिएको छ । अमेरिकी दूताबासले पछिल्ला दिनमा लुम्बिनि आवास, अन्तर्राष्ट्रिय छात्रावास भवन लगायतको निर्माण गरेको थियो ।

नेपाली सेनालाई थप व्यवसायिक र समथ्र्य बनाउन अमेरिकाले आगामी दिनमा थप स्काइट्रक उपलब्ध गराउने दूताबासले जनाएको छ । दुई इन्जिनसहितको एम २८ मा दुईजना चालकदलसँगै १९ यात्रु बोक्ने क्षमता रहेको छ ।

एकपटक इन्धन भरेपछि करीब एक हजार ३०० किलोमिटरसम्म उड्ने क्षमताको स्काइट्रक एम २८ को भारवहन क्षमता दुई हजार ३०० किलोग्राम रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.