२ पुस, काठमाडौं ।
संयुक्त राष्ट्रसंघ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि)लाई विभिन्न मुलुकको गैह्रआवासीय राजदूतमा नियुक्त गरिएको छ ।नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नियुक्ती गरेकी हुन् ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई ब्रुनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोेडिया, लाओस र भियतनामको गैह्रआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुङ्गानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गरिएको छ ।