२ पुस, विराटनगर ।
विराटनगर जुनियर जेसिजको टेस्टी टेस्टी क्वीज कन्टेस्टको क्वाटरफाइनल सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको २४ औँ टेस्टी टेस्टी क्वीज कन्टेस्टको क्वाटरफाइनलबाट ६ ग्रुपका १२ विद्यालयहरु सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा प्रवेश गर्नेमा ग्रुप एबाट आदर्श र एभरेष्ट स्कुल, ग्रुप बीबाट सगरमाथा र सुबिजिमुर हरैँचा स्कुल, ग्रुप सीबाट मोरङ पब्लिक र लिटल फ्लावर स्कुल, ग्रुप डीबाट पोलस्टार र बीकेभीएम स्कुल, ग्रुप ईबाट सहिद स्मृती र मोर्डन ऐरा स्कुल र ग्रुप एफबाट महर्सी र जेम्स स्कुल रहेको विराटनगर जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले जानकारी दिइन् ।
सेमिफाइनलका प्रतिस्पर्धा बिहीबार हुनेछन् । पहिलो चरणमा आदर्श, सुबिजिमुर, मोरङ पब्लिक, पोलस्टार, सहिद स्मृती, महर्सी स्कुलबीच प्रतिस्पर्धा हुनेछन् भने दोस्रो चरणमा एभरेष्ट, सगरमाथा, लिटल फ्लावर, बीकेभीएम, मोर्डन ऐरा र जेम्स स्कुलबीच प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगिताको फाईनल शुक्रबार हुनेछ । प्रतियोगितामा प्रदेश २ को सर्लाहीसहित प्रदेश १ का विभिन्न जिल्लाहरुबाट ३६ विद्यालयहरु सहभागी थिए ।