प्रहरी प्रवक्ता तथा डीआईजी पोखरेलको सरुवा

प्रहरी प्रवक्ता तथा डीआईजी पोखरेलको सरुवा

२ पुस, काठमाडौँ ।
प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । बुधबारको गृहमन्त्रीस्तरको बैठकले सरुवा सम्बन्धी निर्णय गरेको हो ।

उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । थापा प्रवक्ताको भूमिकामा हुने बताइएको छ।

एसएसपीबाट डीआईडीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए । प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए ।  यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.