ट्रयाक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी एक छात्राको मृत्यु

ट्रयाक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी एक छात्राको मृत्यु

३ पौष, राप्ती । ट्रयाक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत तुलसीपुर-७ शिवनगरकी १३ वर्षीया बालिका विजिता केसी रहेकी छिन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान साढे ९ बजे भएको घटनामा अर्की एक छात्रा घाइते छिन् । घाइते १४ वर्षीया मनिषा ओलीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

सल्यानबाट तुलसीपुर बजारतर्फ गइरहेको रा १ त १४३५ नम्बरको ट्रयाक्टरले स्कुल गइरहेका छात्राहरूलाई तुलसीपुर-५ गोदामघरनजिकै ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.