३ पौष, कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले शतकीय साझेदारी गरे ।
जारी पीपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वा्धिक ठूलो साझेदारी हो । जसमा पारस खड्काले अर्धशतक बनाए । उनले ४० बलमा ६५ रन बनाएर आउट हुँदा चितवनले १ सय १७ रनमा पहिलो विकेट गुमायो ।
त्यसपछि बाबर हायात मात्र एक रनमा आउट हुँदा एक सय २९ रनमा चितवनले दोस्रो विकेट गुमायो । तर आरिफ शेख र रोहनले ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । आरिफले विस्फोटक ४० रन बनाए, जसमा उनले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।
यस्तै रोहन मुस्तफाले अविजित ७० रन बनाए । बलिङमा अफ्ताबुद्दिन अहमदले दुई विकेट लिए ।