३ पौष, धनगढी । शीतलहरले धनगढीमा चिसो बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गरिएको छ ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आज र भोली शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।
वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी २ दिन बिदा दिने निर्णय भएको उनले बताए।