बहिर्गमित जनमुक्ति सेनाका पक्षमा उभिए मानवअधिकारकर्मी

बहिर्गमित जनमुक्ति सेनाका पक्षमा उभिए मानवअधिकारकर्मी

३ पुस, विराटनगर ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले बहिर्गमित जनमुक्ति सेनाहरुको उचित व्यवस्थापनका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालले सार्वजनिक सरोकारका मुद्धा, बालसेनाको अधिकार र जिविकोपार्जन सुनिश्चिताका लागि गरेको अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आत्मसम्मानका साथ समाजमा काम गर्न पाउनुपर्ने वातावरणका सिर्जना गर्न बहिर्गमित जनमुक्ति सेनाको हकमा सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्ने उनले बताए । राजनीतिक दलका नेताहरुले चाहेको खण्डमा कानुन निर्माण गर्न कुनै समस्या नहुने र त्यसका लागि इच्छाशक्ति आवश्यक रहेको उनले भनाई थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य मञ्चला झाले विशेष कानुन निर्माणको अवस्था अहिले नभएको र मेलमिलाप आयोग सम्बन्धि ऐनमा नै संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । मेलमिलाप आयोगको ऐनमा पूर्व बाल लडाकु सेनाहरुको लागि विशेष प्रकारको राहत क्षतिपूर्ति र व्यवस्थापनका गर्नुपर्ने भन्ने कुरा उल्लेख गर्नुपर्ने उनको भनाई थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.