४ पुस, विराटनगर ।
चिसो बढेपछि मोरङका विभिन्न ठाउँमा प्रहरीले आगो ताप्ने व्यवस्था मिलाएको छ ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत शुक्रबारबाट मोरङका सम्पूर्ण युनिटहरूले आ–आफ्नो क्षेत्र अन्तर्गत रहेका स्थानिय तहसँग समन्वय गरी चोक, गाउँ, बजारहरूमा आगो ताप्ने ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चिसोलाई न्यानो अनुभुति दिलाउन १ सय ८५ स्थानमा दाउरा बाली आगो ताप्ने ब्यवस्था मिलाईएको छ ।