४ पौष, कास्की । पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ । पोखराले प्रतियोगितामा दोस्रो जित निकाल्दा पोखरा पल्टनले तेस्रो हार बेहेर्यो ।
पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनायो । उसले सुरुवात राम्रो गर्न सकने । एको हो । उसले सुरुआत भने राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल खाता नखोल्दै पेभेलियन फर्कँदा पोखराले ११ रन हुँदा कप्तान शरद भेषावकरलाई व्यक्तिगत ७ रनमा गुमाएको थियो ।
टिमको स्कोर २५ रन हुँदा विनोद भण्डारी पनि ३ रन बनाएर पेभेलियन फर्किए । चौथो विकेटको रुपमा इशान पाण्डे आउट हुँदा पोखराले ३२ रन बनाएको थियो । पाण्डे १३ रनमा आउट भए । पाँचौँ विकेटको रुपमा ६९ रन हुँदा रोहितकुमार पौडेल आउट भएका थिए । रोहित १९ रन बनाएर आउट भएका थिए ।
पोखराका लागि रविइन्दर सिंह र प्रथमेस डेकेले स्कोर १०० रन कटाए । रविइन्दर ४४ रनमा अविजित रहँदा डेके पनि २० रनमा अविजित रहे ।
बुटवलका हर्ष टंकले २ तथा ललित भण्डारी, नितेश थाप र शिवम् सिंहले एक–एक विकेट लिए ।
जवाफमा सोमपाल कामीको ठाण्ँमा सिद्धान्त लोहनीले कप्तानी गरेको बुटवलले १४ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
बुटवलले उत्कृष्ट सुरुवात गर्याे, उसका लागि शंकर राना र अफ्ताविद्दुन अहमदले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरे । शंकर १९ रनमा आउट हुँदा बुटवलको पहिलो विकेट खस्यो । त्यसपछि १ सय पाँच रन हुँदा बुटवलले दोस्रो विकेट गुमायो ।
तर त्यसपछि अहमदले विस्फोटक ७५ रनको पारी खेल्दा बुटवलले सहज जित हात पार्यो । उनले ४६ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । जितसँगै बुटवल तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।