चिसोबाट बचाउन मोरङ प्रहरीले गर्याे आगो ताप्ने ब्यवस्था (भिडियो सहित)

चिसोबाट बचाउन मोरङ प्रहरीले गर्याे आगो ताप्ने ब्यवस्था (भिडियो सहित)

५ पुस, विराटनगर । तराईका विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि बढेको चिसोका कारण तराईका अधिकांश स्थानमा जनजीवन प्रभावित बनेको छ ।

दिनभर बाक्लो हुस्सु लाग्ने, घाम नलाग्दा दैनिक कामकाजहरु प्रभावित बनेका छन् भने मानिसहरु चिसोबाट बच्ने उपायहरु अपनाउन थालेका छन् । विशेष गरी न्युन आर्थिक अवस्था भएका व्यक्तिहरुलाई चिसोबाट बच्न हम्मेहम्मे परेको छ । यसैबीच तराईमा बढ्दै गरेको चिसोलाई ध्यानमा राख्दै मोरङ प्रहरीले चिसोबाट जोगाउन समुदाय लक्षित कार्यक्रमको सुरुवात गरेको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत मोरङ प्रहरीले शुक्रबारदेखि चिसोबाट बच्ने विभिन्न उपायसहित पायक पर्ने ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ । मोरङ प्रहरीका सम्पूर्ण युनिटहरूले आ–आफ्नो क्षेत्र अन्तर्गत रहेका स्थानिय तहसँग समन्वय गरी चोक, गाउँ, बजारगरी १ सय ८५ स्थानमा आगो ताप्ने ब्यबस्था मिलाइएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

सो कार्यक्रम जाडो महिनाभरी रहने अधिकारीले जानकारी दिए । प्रहरीले मिलाएको आगो ताप्ने ब्यवस्थाले चिसोबाट बच्न धेरै सहयोग पुग्ने प्रहरीको विश्वास छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.