५ पुस, गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एकजनाको ज्यान गएको छ । स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।
जलेको अवस्थामा एकजनाको शव रहे पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हबल्दार दयाबहादुर अधिकारी जानकारी दिए ।
गोठ भएको घरका कोही व्यक्ति नभएकाले शव छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भैइरहेको अधिकारीले बताए । गोठमा रहेका भैँसी र गोरु जलेको अवस्थामा रहेका छन् ।