गैरीखेत चिसापानी खानेपानी योजना शुरु

गैरीखेत चिसापानी खानेपानी योजना शुरु

५ पुस, दाङ ।
प्रदेश नं ५ को आर्थिक सहयोगमा दाङको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर र दङ्गीशरणलाई पुग्ने गरी करिब पाँच करोडको लागतमा खानेपानी योजना शुरु भएको छ ।

शान्तिनगर गाउँपालिकाका वडा नं ३, ४ र दङ्गीशरण गाउँपालिका वडा नं ६ लाई खानेपानीको पहुँच पुग्ने गरी प्रदेश सरकारबाट यसै वर्षदेखि शुरु हुनेगरी बजेट विनियोजन गरिएको छ । रु चार करोड ९९ लाख लागतको ‘गैरीखेत चिसापानी खानेपानी योजना’ नाम दिएर शुरु गरिएको योजनाको प्रदेशसभा सदस्य विमला वलीले शिलान्यास गरेकी छिन् ।

प्रदेशसभा सदस्य वलीका अनुसार चालू आर्थिक वर्षबाट निर्माणको काम हुने योजनाको ट्याङ्की निर्माणका लागि रु ७० लाख र पाइपलाइन विस्तार तथा व्यवस्थापनका लागि करीब रु एक करोड १७ लाख बराबर ठेक्का प्रक्रियामा अगाडि बढाइको छ ।

गैरीखेत चिसापानी खानेपानी समितिका अध्यक्ष गोमनबहादुर ओलीले खानेपानी योजना सम्पन्नपछि दुई गाउँपालिकाका करिब दुई दर्जन गाउँमा खानेपानी पुग्ने बताए । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.