रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

५ पुस, इलाम ।
ईलामको माङसेबुङ–१ नागरुङमा रुखबाट लढेर १ जनाको मृत्यु भएको छ । शनिबार बिहान ११ बजेको समयमा बर्ष ६६ को धन राज लिम्बु घर नजिकै रहेको बारीमा घास झार्ने क्रममा अंदाजी १५/२० फिट अग्लो बोरीको रुखबाट लडेर मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी चौकी गजुरमुखीबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने ईलाका प्रहरी कार्यालय रबी पाँचथरबाट खटिएको प्रहरीको टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.