नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

६ पौष, नुवाकोट । विदुर नगरपालिका ६ को मूलथलामा आइतबार बिहान मिनिट्रक दुर्घटना हुँदा सडक निर्माणमा संलग्न २ जना मजदुरको मृत्यु भएको छ ।

सडकमा काम गर्ने मजदुर बोकेर निर्माणस्थलतिर जाँदै गरेको बा २ ख ७९१० नम्बरको मिनिट्रक खोल्सामा मोड्ने क्रममा सडकदेखि ५० मिटर तल खसेको हो ।

दुर्घटनामा सडक निर्माणमा खटिएका खोटाङका १९ वर्षीय अनिल तामाङ र रसुवा नौकुण्ड गाउँपालिका ३ का १८ वर्षीय सुदीप तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.