शाहीकालका महान्यायाधिवक्ता न्याय परिषद्मा सिफारिस

शाहीकालका महान्यायाधिवक्ता न्याय परिषद्मा सिफारिस

८ पौष, काठमाडौं । सरकारले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी माग गरेको छ ।

संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले १० दिन भित्र निराला विरुद्ध समितिमा उजुरी दिन माग गरेको हो । समितिका सभापति सक्षमणलाल कर्णले बुधबार देखि १० दिनभित्र उजुरी दिन सकिने बताए ।

समितिमा प्राप्त भएका उजुरी माथि छलफल गरी सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद् सदस्यमा नियुक्तीका लागि योग्य हुने उनले बताए । न्याय परिषद सदस्यबाट पदम बैदिकले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो । सोही ठाउँमा सोमबारको मन्त्रीपरिषद् बैठकले निरालालाई सिफारिस गरेको हो ।

निराला तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.