८ पुस, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताएका छन । संघीयतामा शिक्षा स्थानीयतहका राम्राअभ्यास, अवशर र चुनौती विषयक अन्तरक्रियामा शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन सकिने उनले बताए । मन्त्री पोखरेलले शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताए ।
किर्तिपूर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति आएको भए त्यसको जिम्मेवारी आफुले लिने बताए ।
शिक्षाविद् विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीयतहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूतगर्न नसकिएको बताए । स्थानीय सरकार स्वयत्त सरकार हो भन्ने कुरा प्रदेश र संघले नबुझेसम्म यो समस्याको समाधान नहुने उनले बताए । शिक्षा पत्रकार समूहले कार्यक्रम आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।