भारतीय राजदूत पुरीको प्रधानमन्त्रीसँग बिदाइ भेट, पुरीलाई करुवा उपहार

भारतीय राजदूत पुरीको प्रधानमन्त्रीसँग बिदाइ भेट, पुरीलाई करुवा उपहार

८ पुस, काठमाडौँ ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका अवसरका प्रधानमन्त्री ओलीले राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको भन्दै प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार पछिल्लो समय नेपाल(भारत सीमा समस्या समाधानका लागि भारतले औपचारिक रुपमा पत्र पठाउनुमा राजदूत पुरीको भूमिका रहेको भन्दै प्रधानमन्त्रीले धन्यवाद दिएका थिए ।

बिदाइ भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई करुवा उपहार दिएका छन् । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिए

 सँगै केही दिनपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनको ठाउँमा आउने राजदुतको भन्ने औपचारिक जानकारी आएको छैन ।
मंगलबार नै राजदूत पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा लन्चका लागि बोलाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.