सार्वजनिक विदा नदिएपछि तमू समुदाय सरकारसँग रिसाए

सार्वजनिक विदा नदिएपछि तमू समुदाय सरकारसँग रिसाए

८ पुस, काठमाडौँ ।
तमु ल्होसारको अवशरमा सरकारले सार्वजनिक विदा नदिएको भन्दै तमू समुदायका व्यक्तिहरुले आपत्ति जनाएका छन् । तमु ल्होसार च्यु (मुसा वर्ग) २०७६ को तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आफ्नो समुदायको विशेष चाडका समयमा सरकारले विदा नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

तमु ल्होसार मुल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङ्गले दशै तिहारको बिचमा सार्वजनिक विदा नभएपनि शैक्षिक संस्थाहरु बन्द हुने तर आफ्नो समुदायका सबैभन्दा ठूलो चाडमा बिदाको सट्टा परीक्षा नै सञ्चालन गर्ने प्रवृतिले गणतन्त्र र समानता खोसिएको अनुभूति हुने गरेको बताए ।

सरकारले दिएको १५ दिनको सार्वजनिक विदामा १२ दिन एउटै समुदायका पर्वमा मात्रै विदा दिएको अन्य समुदायको मुख्य पर्वमा दिइने विदा समेत कटौती गरिएको भन्दै आपत्ति जनाइएको छ । तमु ल्होसार २०७६ का अवशरमा पौष १३, १४ र १५ गते खुला लोकदोहोरी कार्यक्रम हुने सम्मेलन मार्फत जानकारी दिइएको छ । त्यसैगरि पौष १४ गते खेलकुद र १५ गते तीन बजेबाट नृत्य प्रतियोगिता हुने आयोजक संस्थाका महासचिव लोकबहादुर गुरुङले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.