पीपीएलः बुटवल ब्लास्टर्सले दियो विराटनगर टाइटन्सलाई १३४ रनको लक्ष्य

पीपीएलः बुटवल ब्लास्टर्सले दियो विराटनगर टाइटन्सलाई १३४ रनको लक्ष्य

९ पौष, कास्की । पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सुरुवात राम्रो गर्न नसके पनि उसका हर्ष टोंकले उत्कृष्ट ब्याटिङ गरे । टिमको खातामा शून्य रन हुँदा पहिलो विकेट गुमाएको बुटवलले ३२ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ४७ रनमा तेस्रो विकेट गुमाएको बुटवलले ९१ रनमा चौथो र एक सय १५ रन बनाउँदा पाँचौँ विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुँदा बुटवलले सात विकेट गुमायो ।

शंकर रानाले २ रन बनाए भने भिम सार्की पाँच रनमा आउट भए । यस्तै आजको खेलमा कप्तानी गरेका सिद्धान्त लोहनी ११ रनमा बाहिरिँदा हर्षले टोंकले ६७ रनको पारी खेले । उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

बलिङतर्फ किशोर महतोले दुई तथा मुहम्मद जेइद आलमले तीन विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.