शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

१० पुस, काठमाडौं ।
काठमाडौंमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी चिसो आज भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विहीबार बिहान ८ः ४५ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम शून्य दशमलब ९ डिग्री सेल्सियसमा झरेको छ ।

आजै बिहान ६ः३० बजेको तापक्रम भने १ डिग्री सेल्सीयस रहेको थियो । हिजोको तापक्रम २ दशमलब ९ डिग्री सेल्सीयस रहेको जनाइएको छ। उनका अनुसार आगामी दिनमा तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज देशभरीको मौसम सामान्यतया सफा रहने जनाएको छ । बिहानको समयमा तराई क्षेत्रमा भने हुस्सु र कुहिरोको अवस्था रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाबाहिर भने जुम्लामा हिजोको तापक्रम सबैभन्दा कम माइनस ६दशमलब ५ रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.