धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

१० पुस,काठमाडौँ ।

सुनसरीको धरान उपमहानरपालिका–१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादविबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन् ।

घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रीमती हत्यामा संग्लग्न रहेका राईलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.