संसदीय समितिमा किन पुग्दैनन् सांसद ?

संसदीय समितिमा किन पुग्दैनन् सांसद ?

१० पौष, काठमाडौं । सरकार संचालनमा समेत महत्वपूर्ण भूमिका खेल्ने संसदीय समितिहरु सांसदहरुको भने उपेक्षामा पर्ने गरेका छन् ।

महत्वपूर्ण नीति निमार्ण ,ऐन कानुनको वहस हुनुपर्ने ठाँउ नै जनप्रतिनिधीको उपेक्षामा पर्नु विडम्बना हो । बिहीबार पनि संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । कारण हो, सांसदको गणपूरक संख्या नपुग्नु ।

बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.