मकवानपुरमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

मकवानपुरमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

११ पुस, हेटौँडा ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ । त्यस्तै सुमोमा सवार पाँच जना यात्रु घाइते भएका छन् ।

हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।

दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको र उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.