बिग ब्यास : सन्दीपको उत्कृष्ट प्रर्दशनको बाबजुद मेलबर्नलाई विशाल लक्ष्य

बिग ब्यास : सन्दीपको उत्कृष्ट प्रर्दशनको बाबजुद मेलबर्नलाई विशाल लक्ष्य

एजेन्सी,पुस ११ 
अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा अन्तर्गत शुक्रबारको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलत मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । उसका जोनाथन वेल्स ४६ बलमा ६ चौका सहित ६८ रनमा अविजित रहे । ओपनर फिलिफ साल्ट १४ र ज्याक वेदरल्ड २१ रनमा आउट भए । छैटौं ओभरको चौथो बलमा सन्दीपले म्याथ्यु शर्टलाई ६ रनमा बोल्ड आउट गरे ।

कप्तान एलेक्स करीले ४५ बलमा २ छक्का सहित ४५ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा अविजित रहे । मेलबर्न स्टार्सका सन्दीप लामिछानेले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । डानिय वोरल, एडम जम्पा र डेल स्टेनले १–१ विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.